दफा ३६२
कसैले दाबी वा खिचोला गरेमा स्वामित्ववालालाई जानकारी दिनु पर्ने

(१) फलोपभोग अन्तर्गतको सम्पत्ति उपर कसैले अतिक्रमण, दाबी वा खिचोला गरेमा फलोपभोगीले त्यसको पन्ध्र दिनभित्र सो कुराको जानकारी स्वामित्ववालालाई गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जानकारी नगराउने फलोपभोगी त्यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति जवाफदेही हुनेछ ।